नेप्सेमा दोहोरो अंकको सुधार, पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट
२५ चैत, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आइतबार नेप्से परिसूचक २२.७५ अंकले बढेर २०२६.८१ बिन्दुमा बन्द भएको छ । नेप्सेमा आज ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेपाल फाइनान्स कम्पनी लिमिटेड, पोखरा फाइनान्स कम्पनी, जानकी फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे । आज तारागाउँ रिजेन्सी होटलकाे सेयर मूल्यमा उच्च गिरावट आएको छ ।
प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार १५:२०












