१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

दीपक मनाङे पाँचौ पटक मन्त्री हुँदै

२५ चैत, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिने भएका छन् । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, माओवादीका सभामुखसहित ८ र एकीकृत समाजवादी त्यागेर स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) सहितको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

दिउँसो साढे ३ बजे शपथको तयारी गरेका मुख्यमन्त्री अधिकारीले आफूसँगै दुई मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् । अधिकारीले माओवादीबाट १ जना र दीपक मनाङेलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

माओवादीले नाम टुंगो लगाउन छलफल गरिरहेको छ । चैत ५ सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री बनेका मनाङे सरकार परिवर्तनसँगै पुनः महिना दिनमै दोस्रो पटक मन्त्रीको शपथ खाँदैछन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार १४:२९