१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

२५ चैत, बारा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन्। उनले तीन सय ७७ मत प्राप्त गरेकाे प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए । उनका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गरेकी थिइन् ।

यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत मियाँले जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार ०९:२३