१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

एमाले र माओवादीका साझा उम्मेदवार सुहाङ नेम्बाङले दर्ता गराए मनोनयन

२४ चैत, इलाम । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि केहीबेर अघिसम्म छजनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी मनोनयन दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का साझा उम्मेदवार सुहाङ नेम्बाङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ , नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिम र नेकपा (एकीकृत समाजवादी) का जीतबहादुर राई रहेका छन् ।

सवै उम्मेदवारले बाँजागाँजा र झाँकीसहित निर्वाचन कार्यालयमा गइ उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेसलगायत दलका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गर्ने तयारी छ । इलाम क्षेत्र नं २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता भइरहेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार १५:५८