२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

९ अर्ब ८० करोड बराबरको साधारण सेयर निष्काशन गर्न बोर्डले दियो अनुमति

२३ चैत, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब ८० करोड बराबरको साधारण सेयर निष्काशन गर्न अनुमति दिएकाे छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा ९ अर्ब ८० करोड बराबरको साधारण सेयर, , रु.६ अर्ब २ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर र रु.३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा रु.६८ अर्ब ८५ करोड बराबरको साधारण सेयर, रु.१७ अर्ब ७९ करोड बराबरको हकप्रद सेृयर, रु.१६ अर्ब ७ करोड बराबरको बोनस सेयर र रु.३ करोड बराबरको एफपीओ गरी कुल रु.१०२ अर्ब ७४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

प्रकाशित मिति : 12:10