२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच व्यवसायिक साझेदारी

२३ चैत, काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.बीच व्यवसायिक साझेदारी भएको छ । बुधबार गरिमा क्यापिटल लिमिटेडको र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.बीच व्यवसायिक साझेदारी भएको हो ।

सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेन म्यानेजमेन्ट सोलुसनका तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई हस्ताक्षर गरेका छन् ।

“हरेक नेपाली शेयरधनी” भन्ने मूल नारालाई आत्मसाथ गर्दै गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसनबीच सम्पन्न सम्झौता अनुसार गरिमा क्यापिटलले नेक्सजेन म्यानेजमेन्ट सोलुसनका ग्राहकवर्गहरुलाई पूँजी बजारसँग सम्बन्धित सेवाहरु आवश्यकता अनुसार प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

यो व्यवसायिक सम्झौताले हरेक नेपाली नागरिक तथा व्यवसायिक संस्थाहरुलाई पुँजी बजारमा सहज, सुरक्षित, र भरपर्दो रूपमा सेवाहरु प्राप्त गर्न सहयोग पुर्याई र नेपालको आर्थिक आत्मनिर्भरता र समृद्धिमा टेवा पुर्याउनेछ भन्ने विश्वास कम्पनीले गरेको छ ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन नेपाल सरकार कम्पनी रजिष्ट्रारबाट इजाजत प्राप्त कम्पनी हो । पुर्व बैंकर लगायत विज्ञ व्यक्तिहरु संलग्न कम्पनीले सम्पत्ती व्यवस्थापन लगायत व्यवसायिक परामर्शको कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार ०९:१७