१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मन्त्रीहरूको सपथको समय सर्यो, ५ः३० बजे सपथ हुने

२ चैत, काठमाडाैँ । मन्त्रीहरूको सपथको समय सरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो किस्ताको मन्त्रिपरिषद् विस्तारकाे अन्तिम तयारी गरेका छन । अाेलीले एमाले, माअाेवादी र संघीय समाजवादी फोरमका नेतालार्इ मन्त्रीपरिषदमा सहभागी गराउँदैछन । यसअघि दिउँसो ४ बजेका लागि मन्त्रीहरुको सपथको समय तोकिएको थियो ।

एमालेबाट पार्टीका सचिव प्रदिप ज्ञवालीलाई परराष्ट्र, सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगार र नेता रविन्द अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका छन ।

त्यस्तै रघुवीर महासेठलाई भौतिक पुर्वाधार शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन । त्यस्तै ओलीले गोकुल बास्कोटालाई सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिएका छन ।

त्यस्तै पद्मा अर्याललार्इ श्रम राज्यमन्त्री र धनबहादुर बुढालार्इ पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । यसअघि जनसंख्या तथा बातावरण मन्त्रालयको जिम्मेवारी दिएका लालबाबु पण्डितलाई संघीय मा मिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादीबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री बनेका छन् । उनी यसअघि अर्थमन्त्री भइसकेका थिए । गिरिराजमणि पोखरेल शिक्षा मन्त्री बन्दा शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पोखरेल यसअघि शिक्षा र स्वास्थ्य मन्त्री भइसकेका नेता हुन् भने बस्नेत पूर्वगृहमन्त्री हुन् । यसैगरी चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बन्ने भएकी छन् ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार १६:२२