१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

इलाम–२ मा माओवादीले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने

२२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार इलाम २ मा नेम्वाङ दुई दलका साझा उम्मेदवार हुने निश्चित भएको छ।

इलाम–२ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ र एकीकृत समाजवादीबाट जीतबहादुर राई उम्मेवार बनेका छन् । नेपाली कांग्रेसको भने उम्मेदवार टुंगिन बाँकी छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार ११:४४