१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य

२२ चैत, काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयरको बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १६ हजार ६५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य २०५ रुपैयाँ कायम गरिएको छ । सो सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले सुन्धारा काठमाडौंमा रहेको कम्पनीको प्रधान कार्यालयमा आवश्यक कागजात संलग्न गरी सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। साथै, तोकिएको समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार ०९:२०