१० फाल्गुन २०८२, आईतवार | Mon Feb 23 2026

निलम्बित न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्चको आदेश

२१ चैत, काठमाडाैं । निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। सर्वोच्चले उच्च अदालत पाटनको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो।

कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीकी श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। काठमाडौं जिल्ला अदालतले थुनामै राख्न आदेश दिए पनि उच्च अदालतले थुनाबाहिरै रहेर मुद्दाको प्रतिवाद गर्ने छुट दिएको थियो।

उच्च अदालतको त्यो आदेश बदर गरी सर्वोच्चले थुनामै पठाउन आदेश दिएको हो। उच्च अदालतको आदेशविरूद्धको निवेदनमा बुधबार सुनुवाइ भइरहँदा न्यायाधीश गिरीकी पत्नीले इजलासमै विषु खाएकी थिइन्।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १८:०४