समयानुकुल जीवनउपयोगी शिक्षाका लागि काम गरिरहेका छाैँः अध्यक्ष तामाङ
२१ चैत, काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाले समयानुकुल जीवनउपयोगी शिक्षाका लागि काम गरिरहेको जनाएको छ । दैनिकीसँग कुरा गर्दै किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङले सबैलाई समान गुणस्तरको जीवनउपयोगी शिक्षा प्रदान गर्ने गरी काम गरिरहेको बताएका छन । उनले शिक्षामा अहिले देखिने बर्गीय विभेद अन्त्य गर्ने गरी काम गरिरहेको बताए ।
नीतिमै परिवर्तन गरेर त्यसको प्रभावकारी कार्यान्वयनमा अघि बढेको अध्यक्ष तामाङले बताए । उनले भने, ‘किस्पाङमा शिक्षा प्रदान गर्ने सवालमा बर्ग नछुटिने गरी काम गर्दैछौँ । त्यसका लागि एक्सल प्लान बनाएर कार्यान्वयनमा अघि समेत बढीसकेका छौँ । सरकारी विद्यालयमा किन विद्यार्थी घटेका छन रु किन पढाइ भएको छैन भन्ने लगायतका प्रश्नमा गभ्भीर अनुसन्धान र छलफल दुबै चलिरहेको छ । यसबाट समेत केही निष्कर्ष निकालेर हामी सुधारको काम गर्छौँ र शिक्षाका लागि किस्पाङलाई देशकै नमुना गाउँपालिका बनाउँछौँ ।’
अध्यक्ष तामाङले दैनिकीसँगको कुराकानी भने, ‘भौगोलिक हिसाबमा विकट रहेको गाउँमा कम आयस्तर भएका अभिभावकका विद्यार्थीहरूले समेत कसरी गुणस्तरीय शिक्षा पाउँछन भन्नेमा हामी निकै चिन्तित र गम्भीर बनेर काम गरिरहेका छौँ । हामीले यहि शिलशिलामा गत वर्षदेखि किस्पाङ बहुप्राविधिक शिक्षालयको समेत स्थापना गरेर विद्यार्थीका लागि शिक्षा दिन सुरू गरेका छौँ । विभिन्न प्राविधिक विषय अझ बढी किस्पाङकै माटो सुहाउँदो विषयहरू समेत सिर्जना गरेर शिक्षा दिनेगरी काम गरिहेका छौँ ।’
अध्यक्ष तामाङले किस्पाङमा किस्पाङका विद्यार्थीले मात्र देशका विभिन्न भेगका कम आय भएका अभिभाकका विद्यार्थीले पढ्न पाउने गरी शैक्षिक हव बनाउन लागिएको बताए । उनले व्यवहारिक प्रयोगात्मक शिक्षा आजको आवश्यकता रहेको र गाउँपालिकाले पनि सोही खालको शिक्षाका लागि काम गरिरहेको बताए । उनले किस्पाङलाई प्राविधिक शिक्षाका लागि देशकै उत्कृष्ट गन्तव्य बनाउने र अब जडिबुटी सम्बन्धी शिक्षा पनि चाँडै सुरू गर्ने बताए । प्रस्तुतीः सिर्जना सिकारी
तामाङसँगको कुराकानी तल हेर्न र सुन्न सक्नुहुन्छ
प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १२:५२