११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच व्यवस्थित लगानी योजनामा पहुँच वृद्धि गर्न सहकार्य

२० चैत, काठमाडौँ । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजना (सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान)मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ । एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना–एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ । देशभर रहेका लगानीकर्ताहरुको एनआइसी एसिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ ।

हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश देशभरका शाखा कार्यालयहरु मार्फत प्रदान गरिनेछ । महालक्ष्मी विकास बैंकको देशभर १०३ वटा शाखाकार्यालयहरु र करिब ७ लाखग्राहकहरु रहेका छन् । साथै गत पुस २८ गते सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वावित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार १३:४६