९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ताको आरोपः पर्यटनमन्त्री अधिकारीले ६ अर्ब भ्रष्टाचार गरे

९ मंसिर, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले ६ अर्व भ्रष्टाचार गरेको आरोप लगेको छ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ताले अधिकारीलार्इ ६ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएका हुन ।

नेपाल कम्युनिष्ट पार्टीले स्थापना दिवसको नाम दिएर शनिबार काठमाडौँमा आयोजना गरेको आमसभामा बोल्दै प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले अधिकारीलार्इ ६ अर्ब भ्रष्टाचार गरेको आरोप लगाउँदै कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ आग्रह गरे ।

प्रवक्ता प्रकाण्डले सरकारका मन्त्रीहरूको काम भ्रष्टाचार गर्ने र कमिसन खानेमात्रै जस्तो भएको बताउँदै मन्त्रीहरूको भ्रष्टाचारलार्इ ओलीले बुच पचाएर बसेको आरोप लगाए । उनले सरकारका मन्त्रीहरूको काम नै भ्रष्टाचार गर्ने र कमिसन खाने भएको गम्भीर आरोप पनि लगाए ।

सुन्नुहोस प्रकाण्डको कुरा

प्रकाशित मिति : ९ मंसिर २०७५, आईतवार ११:२०