२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

२६ निर्माण कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

१९ चैत, काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २६ वटा निर्माण कम्पनीरआपूर्तिकर्ताहरूलाई सातदिने स्पष्टीकरण सोधेको छ। यी कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा स्पष्टीकरण सोधिएको खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ।

कार्यालयले यसअघि नै एक सूचनामार्फत ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नुनपर्ने आधार या प्रमाण भए एक महिनाभित्र लिखित स्पष्टीकरणसहित उपस्थित हुन भनेको थियो । तर, हालसम्म पनि स्पष्टीकरण नआएकाले अर्को सूचना जारी गर्दै सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

यो अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १०:३६