२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

नयाँ गठबन्धन बनेपछि पेट्रोलको भाउमा एकै पटक ४ रूपैयाँ मूल्यवृद्धि

१८ चैत, काठमाडाैँ । नयाँ गठबन्धन बनेपछि पेट्रोलियम पदार्थको भाउमा एकै पटक ४ रूपैयाँ मूल्यवृद्धि भएको छ । सरकाले आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो । नेपाल आयल निगमले पेट्रालको मूल्यमा प्रतिलिटर ४ रूपैयाँले मूल्य बढाएको छ ।

निगमले आइतबार राति जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलमा बढेको प्रतिलिटर ४ रुपैयाँ मूल्य मध्यरातिदेखि लागू हुने छ । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपैयाँ एक सय ७२ रुपैयाँ ५० पैसा रहेको छ ।  यस्तै, दोस्रो वर्गअन्तर्गतका काठमाडौँ, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर रु एक सय ७४ मूल्य कायम गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आईतवार २१:३३