२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

१०० रुपैयाँ मै सेयर बिक्री गर्दै एचआईडीसीएल, सर्वसाधारले पनि किन्न पाउने

१८ चैत, काठमाडौँ। हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल० ले संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको  १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

कम्पनीले आगामी चैत २५ गतेदेखि उक्त सेयर बिक्री गर्न लागेको हो । बिक्रीमा राखिने सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बालकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको शंखमुल नयाँबानेश्वर काठमाडौं, विर्तामोड,विराटनगर,जनकपुर,वीरगञ्ज,हेटौडा,चितवन,पोखरा,बुटवल,बाग्लुङ,नेपालगञ्ज,सुर्खेत,धोराही,धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।  यसमा वैशाख ९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ ।

प्रकाशित मिति : 12:01