२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

अर्थमन्त्री पुनको प्रमुख आर्थिक सल्लाहकारमा सूर्यबहादुर थापा नियुक्त

१८ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहाकारमा सूर्यबहादुर थापा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका अर्थशास्त्रका प्राध्यापक हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आईतवार १०:०६