२ पुष २०८२, बुधबार | Thu Dec 18 2025

एक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१८ चैत, काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आजसम्म नेप्समा काराेबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन् ।

कम्पनीले आर्थिक बर्ष २०७९/८० का लागि ५.४२२२ प्रतिशत बोनस सेयर र ०.२८५४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५.७०७६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । सो लाभांश कम्पनीको आगामी चैत २९ गते बस्ने १० औं वार्षिक साधारण सभाबाट पारित हुनेछ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आईतवार ०९:५६