२ पुष २०८२, बुधबार | Wed Dec 17 2025

सर्वसाधारणका लागि दुई कम्पनीको सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य

१८ चैत, काठमाडौँ । दुई कम्पनीले सर्वसाधारणका लागि सेयर बिक्रीमा राख्ने भएका छन् । प्रभु बैंक र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामीमा राख्न लागेका हुन् ।

प्रभु बैंकले संस्थापक समूहको ६१ हजार ७६२ कित्ता सेयर आगामी चैत २५ गतेदेखि बिक्रीमा राख्न लागेको हो । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । सो सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीहरु तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

त्यस्तै, स्वावलम्बन लघुवित्तले संस्थापक समूहको १४ हजार ७१० कित्ता सेयर आगामी चैत २५ गतेदेखि बिक्रीमा राख्ने भएको छ । कम्पनीले बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । सो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरु तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आईतवार ०९:४८