५ फाल्गुन २०८२, मंगलवार | Tue Feb 17 2026

त्रिविका विद्यार्थीका लागि खुशीको खबर, अब प्रश्नपत्र नेपाली भाषामा पनि हुने

१६ चैत, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का विद्यार्थीका लागि खुशीको खबर छ । लामो समयदेखि भाषाको समस्याका कारण त्रिविका विद्यार्थीले समस्या व्यहोर्दै आएको भनेर आवाज उठाउँदै आएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफू शिक्षा मन्त्री भएको एक महिना पूरा नहुँदै त्रिविमा सुधार ल्याएकी छिन ।

मन्त्रीको निर्देशन अनुसार त्रिवि प्राज्ञिक परिषद्को स्थायी कमिटीको बैठकले अब बिए अर्थात स्नतक तहको सबै परीक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र तयार गर्ने निर्णय गरेको छ । यद्यपी यो निर्णय आगामी प्रथम वर्षको परीक्षाबाट लागू हुनेछ । त्रिविका सबै संकायमा नेपाली र अंग्रेजी दुबै भाषामा प्रश्नपत्र तयार हुनेछ ।

नेपाली भाषाको जग भएका परीक्षार्थीहरूले प्रश्नपत्रको भाषाकै कारण समस्यामा पर्दै आएका थिए । यही विषय सांसदमात्रै हुँदा पनि शिक्षा मन्त्री श्रेष्ठले महत्वका साथ उठाउँदै आएकी थिइन । योसँगै भाषाकै समस्याका कारण प्रश्न नबुझेर फरक उत्तर लेखेर समस्या व्यहोरिरहेका विद्यार्थीले समेत लाभ पाउने भएका छन । यो निर्णयले त्रिविको समग्र नतिजामै राम्रो सुधार आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार २१:१३