१० फाल्गुन २०८२, आईतवार | Mon Feb 23 2026

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

१६ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।  सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपतिले आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

“सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको नेपालको संविधानको धारा १२३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको छ”, राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार १८:१०