२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

सर्वोत्तम सिमेन्टको सेयरमा सातौं दिन पनि सर्किट, प्रतिकित्ता मूल्य १ हजार नाघ्यो

१५ चैत, काठमाडौँ । सर्वोत्तम सिमेन्टको सेयरमा सातौं दिन पनि सर्किट लागेको छ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको यस कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आएदेखि नै निरन्तर सर्किट लेभलमा कारोबार हुँदै आएको छ ।

५ सय ५६ रुपैयाँबाट कारोबार सुरु भएको कम्पनीको सेयरमूल्य सातौ कारोबारको दिनसम्म आईपुग्दा एक हजार ८३ रुपैयाँ पुगेको हो ।कम्पनीले प्रतिकित्ता अंकित दर १०० रुपैयाँमा २६०.९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओ प्राप्त गरेका लगानीकर्ताहरूले १८ हजार ४५ रुपैयाँ लगानी गरेको सात कारोबारको दिनमै लगानी बढेर ५४ हजार १५० रुपैयाँ पुगेको छ । यसरी हेर्दा कम्पनीका लगानीकर्ताहरूको सात कारोबारको दिनमा नै  २०० प्रतिशत बढी रिटर्न पाएका छन् ।

प्रकाशित मिति : 11:40