२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

प्रि ओपन सेसनमा साढे २ अंकले बढ्यो नेप्से

१५ चैत, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार १०.८३ अंकले घटेर २०३०.८६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.५६ अंकले बढेर २०३३.४२ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा २९ स्टकको ५ लाख २६ हजार ७ रुपैयाँबराबरको १ हजार ७७ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : 11:00