३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

नेप्सेसँगै घट्यो कारोबार रकम, एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

१४ चैत, काठमाडौँ । साताको चौथों कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ विन्दुमा बन्द भएकाे छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। यस दिन २ अर्ब २३ करोड ५४ लाख रुपैयाँ बराबरको ६० लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ।  बुधबार पनि सर्वोत्तम सिमेन्टको सेयरमा सकारात्मक सर्किट लागेकाे छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ६६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू नौ करोड ७२ लाख २२ हजार तीन सय २० बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १५:१८