ग्लोबल मनि विकका अवसरमा एभरेष्ट बैंकले सम्पन्न गर्यो विभिन्न कार्यक्रम
१४ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकको संयोजनमा बिगतका वर्षहरु जस्तै यस वर्षपनि एभरेष्ट बेैंकले ग्लोबल मनि विकका अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।
बैंकले उक्त कार्यक्रमअन्तर्गत ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गरेको जनाएको छ ।
ती कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइएको थियो ।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकले देशभरका आफ्ना १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटीएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १४:२९