८ फाल्गुन २०८१, बिहीबार | Thu Feb 20 2025

गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा

१४ चैत, काठमाडौं । सरकारले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

सहकारी विभागको सिफारिसमा संस्थालाई समस्याग्रस्त घोषणा गरेको जनाएको छ । ‘सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ,’ सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार ११:१८