२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

२३ निर्माण कम्पनी र आपूर्तिकर्ता कम्पनी एकदेखि ३ वर्षसम्मका लागि कालो सूचीमा

१४ चैत, काठमाडौँ । सरकारले २३ वटा विभिन्न निर्माण र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न २३ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।

ठेक्का लिएर समयमा काम नगरेको भन्दै विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले २३ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।

कार्यालयले दुई ठेकेदार कम्पनीलाई तीन वर्ष, एक ठेकेदार कम्पनीलाई दुई वर्ष, दुई ठेकेदार कम्पनीलाई एक वर्ष छ महिना, पाँच ठेकेदार कम्पनीलाई एक वर्ष तीन महिना र १३ ठेकेदार कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १०:१५