१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

एमालेबाट ६ मन्त्री र ३ राज्मन्त्रीको नाम टुंगियो, गोकुल वास्कोटा सञ्चार राज्यमन्त्री


२ चैत, काठमाडौँ । नेकपा एमालेबाट ६ मन्त्री र ३ राज्यमन्त्रीले आज सपथ लिने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरुको छलफलबाट नाम टुंगो लगाएका हुन ।

ओलीले पार्टीका सचिव प्रदिप ज्ञवालीलाई परराष्ट्र, सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगार र नेता रविन्द अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका छन ।

त्यस्तै रघुवीर महासेठलाई भौतिक पुर्वाधार शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन । त्यस्तै ओलीले गोकुल बास्कोटालाई सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिएका छन । त्यस्तै पद्मा अर्याललार्इ श्रम राज्यमन्त्री र धनबहादुर बुढालार्इ पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसअघि जनसंख्या तथा बातावरण मन्त्रालयको जिम्मेवारी दिएका लालबाबु पण्डितलाई संघीय मा मिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार १४:५४