सर्वोत्तमको आईपीओ परेका लगानीकर्ता मालामाल, पाँचौ दिन पनि सेयरमूल्यमा सर्किट
१३ चैत, काठमाडौँ । सर्वोत्तम सिमेन्टको आईपीओ परेका लगानीकर्ता मालामाल भएका छन् । कम्पनीको आईपीओमा लगानी गरेको छोटो समयमा नै लगानीकर्ताहरू मालामाल भएका हुन् । लगानीकर्ताले आईपीओमा लगानी गरेको केही साताभित्रै सर्वोत्तम सिमेन्टको सेयरबाट १४८ प्रतिशतभन्दा बढी रिटर्न पाइसकेका छन् ।
दाेस्राे बजारमा कारोबार सुरु भएको पाँचौ दिनमा पनि सर्वोत्तमको सेयरमूल्यमा सर्किट लागेको छ । मंगलबार बजार खुलेको केही मिनेटमै कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८९५.१० रुपैयाँ पुगेकाे हो ।
प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १२:४२












