७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

काठमाडाैँमा छुरी हानाहान, २० वर्षीय विकी लिम्वुको मृत्यु, अर्का एकको अवस्था गम्भीर

८ मंसिर, काठमाडाैँ । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा छुरी हानाहान हुँदा अन्दाजी २० वर्षीय विकी लिम्बुको ज्यान गएको छ । छुरी नै लागेर अर्का अन्दाजी २० वर्षकै अनिल श्रेष्ठ घाइते भएका छन । लिम्बुको बानेश्वरको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी अायुक्तको कार्यालयका प्रवक्ता एसएसपी पूजा सिंहले दैनिकीलार्इ जानकारी दिइन । उनले घटना किन घट्यो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताइन ।

शनिबार दिउसो १ बजेतिर भएको यस घटनाको कारण भने अझै पत्ता लागेको छैन । स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुई घाइते दौडिदै आएर सडकपेटीमै लडेर बेहोस भएका थिए । त्यसपछि स्थानीय पसलेले प्रहरीलाई खबर गरी घाइतेलाई अस्पताल पठाएका हुन् । सोही क्षेत्रमा यसअघि पनि पटक पटक सामूहिक झगडा हुने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार १८:१५