३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

लाभांश प्रस्ताव पारित गर्न माउन्टेन इनर्जीको साधारण सभा आज बस्दै

१३ चैत, काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारण सभा आज बस्दै छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीको वार्षिक साधारण सभा आज बस्द छ ।

सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । त्यस्तै, सभामा गत आर्थिक बर्षकाे वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी फागुन ३० गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसकाे अर्थ फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १०:४२