निर्मलाकाे हत्यारालाई हामी कारबाही गर्छौंः विप्लव प्रवक्ता प्रकाण्ड
८ मंसिर, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यारालाई आफैं कारबाही गर्ने बताएको छ । कुटीमण्डपमा शनिबार भएको जनसभामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको भन्दै असन्तुष्टि जनाए ।
उनले भने, ‘निर्मलाको हत्यारालाई अब हामी कारबाही गर्छौं । उनले पन्तको हत्याको विरोधमा मंसिर १६ गते देशब्यापी विरोध कार्यक्रम गर्ने समेत बताएका छन् ।
प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार १६:३२