७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

क्यानडा पठाउने भन्दै भारत लगेर प्रति व्याक्ति १२ लाखसम्ममा मान्छे बेच्ने सुनिता तिवारी पक्राउ

८ मंसिर,काठमाडाै । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले क्यानडा पठाइदिने प्रलोभनमा पारी मानव बेचविखन गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी नक्कली कागजातसमेत बनाई भारतसम्म पु¥याइ पीडितबाट प्रतिव्यक्ति रु सात लाखदेखि रु १२ लाखसम्म लिई मानव बेचविखन गर्ने मकवानपुरकी ३७ वर्षीया सुनिता तिवारी वाइवालाई शुक्रबार पुतलीसडकबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले वाइवाले शिक्षा मन्त्रालयबाट स्वीकृति नलिई काठमाडौँको पुतलीसडकमा वेभस्टार एजुकेशन नेटवर्क प्रालि खोलेर ठगी गरेको जानकारी दिनुभयो ।

“विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी विभिन्न पत्रपत्रिकामा विज्ञापन दिने र पीडित सम्पर्कमा आएपश्चात नेपालबाट दिल्लीलगायत विभिन्न स्थानमा पु¥याउने गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । वाइवाले दश जनाको रु एक करोडभन्दा बढी ठगी गरेको सिलवालले बताउनुभयो ।

पक्राउ परेका वाइवाको जिल्ला अदालत काठमाडाँैबाट अनुमति लिई मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार १२:००