देउवा व्यक्तिमुखी हुँदा कांग्रेस भद्रगोल भोः नेता केसी
८ मंसिर, रूपन्देही । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले पार्टी सभापति देउवा व्यक्तिमुखी बन्दा पार्टी देशैभर भद्रगोल हुनपुगेको बताएका छन । प्रेस युनियन रुपन्देहीले वुटवलमा अायाेजित पत्रकार सम्मेलनमा शनिबार नेता केसीले पार्टी सभापति शेरबहादुर देउवाले हुकुमी शैलीमा पार्टी सञ्चालन गर्न खोजेको भन्दै अापत्ति पक्रट गरे ।
उनले देउवाको यो शैली पार्टीका इमान्दार नेता कार्यकर्ताका लागि अमान्य भएको टिप्पणी समेत गरे । उनले पार्टी नेतृत्व व्यक्तिमुखी नभएर संस्थामुखी हुनुपर्नेमा जोड दिए । नेता केसीले सामुहिक नेतृत्वमा चल्नुपर्ने पार्टी व्यक्तिमुखी हुँदा सबैतिर भद्रगोल भएको भन्दै कार्यशैली सच्याउन देउवालाई आग्रह गरे ।
नेता केसिले संस्थागत संरचनाको नयाँ युगमा पार्टी प्रवेश गरेकाले एकपटकको हारले कांग्रेसको योगदान, आदर्श र इतिहास नसकिने उनले दाबी गरे ।
प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार ११:२७