३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

तेस्रो दिन पनि सर्वोत्तम सिमेन्टको सेयरमा सकारात्मक सर्किट, मूल्य अझै माथि पुग्ने

८ चैत, काठमाडौँ । कारोबारमा आएको तेस्रो दिन पनि सर्वोत्तम सिमेन्टको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वोत्तम सिमेन्टको तेस्रो कारोबार दिन ७३९ रुपैयाँ ९० पैसामा सेयर खरिद बिक्री भइरहेको छ । आज मात्रै कम्पनीकाे मूल्य प्रतिकित्ता ६७.२० रुपैयाँले बढेको हो ।

कम्पनीले नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई अंकित मूल्यमा २६०.९० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ३६०.९० रुपैयाँमा आईपीओ बिक्री गरेकाे थियो । यो कम्पनीको सेयरमूल्यमा उच्च खरीद चाप देखिएकाले मूल्य अझै माथि पुग्ने सम्भावना देखिन्छ ।

बजारमा सूचीकृत भएका अन्य सिमेन्ट कम्पनीको सेयर मूल्यमा करेक्सन हुँदा पनि सर्वोत्तम सिमेन्टकाे सेयर भने निरन्तर तेस्रो कारोबार दिन पनि सकारात्मक सर्किट लागेकाे छ ।

यो समाचार तयार पार्दासम्ममा शिवम् सिमेन्ट प्रतिकित्ता ५४० रुपैयाँ, घोराही सिमेन्ट प्रतिकित्ता ५२६ रुपैयाँ र सोनापुर मिनिरल्सको ४९० रुपैयाँ सेयर खरिद बिक्री भइरहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १२:१३