२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

रिडी पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

८ चैत, काठमाडौँ । रिडी पावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज (चैत ८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले फागुन १८ गतेदेखि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको थियाे । कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २२ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीले निष्काशन गरेकाे हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : 09:29