महानगरको सफाइका निम्ति डोजरसहित सडकमा निस्किए मेयर शाक्य (भिडियोसहित)
८ मंसिर, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य शनिबार सहर सफा बनाउन डोजरसहित सडकमा निस्किएका छन । उनले शनिबार सहरी साैन्दर्य प्रवर्दन सघाउ कार्यक्रमको शुभारम्भ गरे ।
काठमाडाैँको शान्तिबाटिकाबाट सुरू भएको कार्यक्रम सहरभरी फैलाउने महानगरले जनाएको छ । महानगरले सफाइ अभियानलार्इ व्यापक बनाउन स्थानीयलार्इ समेत जुट्न अाह्वान गरेको छ । –तस्बीर र भिडियो साैजन्यः पत्रकार मोहन बास्तोला

प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार १०:००












