नेप्सेमा सर्वोत्तम सिमेन्टको साधारण सेयर सूचीकृत, मंगलबारदेखि कारोबारमा आउने
५ चैत, काठमाडौँ । बुकबिल्डिङ मार्फत सर्वसाधारणलाई जारी गरेको सर्वोत्तम सिमेन्टकाे सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरुसमेत) लाई वितरण गरेको ६० लाख कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेका ४ करोड ५ लाख कित्ता सेयर गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको सेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्युनतम १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ०८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । नेप्सेमा सूचीकरण भएसँगै सोही रेन्जमा रहेर भोलिदेखि कम्पनीको सेयर दोस्राे बजारमा कारोबारमा आउनेछ ।
प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १७:२२












