धितोपत्र बोर्डको अध्यक्षको लागि ५ जना सर्टलिष्टमा
५ चैत, काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि पाँच जनाको नाम अन्तरवार्ताको लागि सर्टलिष्ट गरिएको छ। अध्यक्ष बन्न आवेदन दिएका १९ जनामध्ये ५ जनाको नाम अन्तरवार्ताको लागि सर्टलिष्ट गरिएको हो ।
अन्तर्वार्ताको सर्टलिष्टमा पर्नेहरुमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारी, बोर्डकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण बहादुर कार्की, तत्कालिन बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाई र डा. विमलकुमार तिवारी रहेका स्राेतले जनाएकाे छ ।
अब उनीहरुको अन्तरवार्ता र प्रस्तुतिकरण हुनेछ । सटलिष्टमा परेका ५ जनामध्ये ३ जनालाई समितिले अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्ने छ । सिफारिसमा परेका ३ जनामध्येबाट एक जनालाई मन्त्रिपरिषदले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।
प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार ११:२६












