४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

नेप्सेले दियो गिरावटलाई निरन्तरता, एक कम्पनीको सेयरमा सकारात्मक सर्किट

४ चैत, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत बिहीबार करिब ४ अर्बको कारोबार भएको बजारमा यस दिन ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको ८४ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आइतबार सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक घटेकाे छ । आज शिवम् सिमेन्ट्सकाे सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार १५:२२