पाहुना बनेर बालिका बलात्कार गर्ने ७४ वर्षीय महावीर सरदार प्रहरी खोरमा
७ मंसिर, सप्तरी । सप्तरीमा पाहुना बनेर बालिका बलात्कार गर्ने एक जना बृद्ध प्रहरी खोरमा पुगेका छन । घर परिवारका सदस्य धान भित्र्याउन खेत गएको बेला पाहुना बनेर आएका सप्तरीको तिरहुत गाउँपालिका ३ का ७४ वर्षीय महावीर सरदार बलात्कार आरोपमा पक्राउ परेका हुन्। घरमा कोही नभएको मौका छोपेर बिहीबार दिउँसो सरदारले बालिकालार्इ बलात्कार गरेका थिए ।

धान काटेर घर आएकी आमालाई पीडितले घटनाबारे जानकारी गराएपछि पीडितसँगै राजविराज आएकी उनकी आमाले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सरदारलार्इ प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरू गरेको छ । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार २२:१६












