१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

संसदमा शोक प्रस्ताव प्रवेश गर्दा कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्न पाएन

४ चैत, काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा शोक प्रस्ताव प्रवेश हुँदा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्न पाएन । यसअघि लामिछानेको राजिनामा माग्दै त्यसमाथि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै बैठकमा अबरोध गरेको नेपाली कांग्रेसले आइतबारको बैठकमा पनि प्रधानमन्त्रीले रविकाबारेमा जवाफ नदिए अबरोध गर्ने बताएको थियो । तर आइतबार नै जनता समाजवादी पार्टीकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएर शोक प्रस्ताव प्रस्तुत हुने भएपछि कांग्रेसले बिरोध गरेन ।

आइतबार बसेको बैठकले सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित भयो र सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ । सामान्यतया संसदको बैठकमा शोक प्रस्ताव पारित हुँदै दलहरूले संसद बैठकमा अबरोध गर्ने गरेका छैनन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार १२:२८