२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

सांसद मञ्जु शर्मा अन्सारीको निधन

४ चैत, काठमाडाैँ । प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ ।  उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा सांसद शर्माको निधन भएको हो । २०२० साल माघ १९ गते जन्मनुभएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य हुनुभएको थियो ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन । सभामुख देवराज घिमिरे आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन ।

२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुवात गर्नुभएकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ साल देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन । उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार ११:२३