२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

नुवाकोटका चर्चित शिक्षासेवी अच्युतराज पाण्डेको निधन

४ चैत, काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ मा रहेको शक्तिमावि दाङ्मैका पूर्व प्रधानाध्यापक एवं चर्चित शिक्षासेवी अच्युतराज पाण्डेको निधन भएको छ ।

६७ वर्षीय पाण्डेको आइतबार बिहान टोखा नगरपालिकाको गोंगबु गणेशस्थानमा रहेको निवासमै निधन भएको भाइ बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डेले दैनिकीलाई जानकारी दिनुभयो । पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

प्राणघातक अर्बुद रोगका कारण केही समयदेखि पाण्डे पीडित रहँदै आउनु भएको थियो । स्वर्गीय पाण्डेले नुवाकोटको शैक्षिक आन्दोलन र विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ ।

स्वर्गीय पाण्डे अच्युत सरका नामले धेरैका बीचमा चिनिनुहुन्थ्यो । सरल स्वभावका पाण्डे सबैको प्रिय हुनुहुन्थ्यो । स्वर्गीय पाण्डेका श्रीमति र दुई र छोरा हुनुहुन्छ । एक छोरा दीपकराज पाण्डे चर्चित युवा उद्यमी छन ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार ०६:२५