१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

माओवादी स्थायी समिति बस्दै, सुन तस्करीको एजेण्डाले प्रवेश पाउने सम्भावना

२ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । पार्टी मुख्यालय कोटेश्वरमा बिहान ११ बजे बैठक बस्ने माओवादीले जनाएको छ । आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा समिक्षा हुने जनाइएको छ । माओवादी बैठकमा सुनतस्करीमा मुछिएका पूर्व उपराष्ट्रपति पुत्रका बारेमा समेत समिक्षा हुने बताइएको छ ।

पछिल्लो पटक सार्वजनिक भएका तथ्यहरूले सुनतस्करीमा नेकपा माओवादी केन्द्रका नेताहरूको बाक्लो संलग्नता देखाएको छ । अर्थमन्त्रीकै बारेमा समेत सुनस्तकरीसँग जोडेर अडियोहरू सार्वजनिक भएका छन । बैठकको मुख्य कार्यसूची पाँच दलको बीचमा भएको नयाँ गठबन्धनसम्बन्धी सात बुँदे सहमति अनुमोदनको पनि रहेको बुझिएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करीका बारेमा पुनः छानविन गरेर संलग्नहरू माथि कारबाही गर्ने उदघोष गरेर दौडधुप सुरू गरेपछि पार्टी सरकारमै रहेको भए पनि माओवादीको एउटा तप्का त्रसित बनेको छ । यद्यपी गृहमन्त्री आफैँ विभिन्न मुद्दाको अनुसन्धानमा रहेका कारण उनीले हिम्मतका साथ कारबाही अघि बढाउनेमा शंका रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार ०८:१०