शाही आयोग खारेज गर्ने पूर्व प्रधानन्यायाधीश केदार प्रसाद गिरीको निधन, आइतबार देभरका अदालतमा शोक विदा
७ मंसिर, काठमाडौं । पूर्व प्रधानन्यायाधीश केदार प्रसाद गिरीको निधन भएको छ । ७५ वर्षीय गिरीको शुक्रबार निधन भएको हो । २०२५ साउन ३० मा न्यायसेवामा प्रवेश गरेका गिरी २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश भएका थिए । सर्वोच्चको न्यायाधीश रहँदा गिरीले शाही आयोग खारेजको फैसला सुनाएका थिए ।

गिरीको निधनप्रति सर्वोच्च अदालतले शोक व्यक्त गरेको छ । साथै आइतबार देभरका अदालत तथा न्यायाधिकरणहरु शोक विदाका रुपमा बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालतले जनाएको छ ।
प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार १८:२०












