२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेप्सेसँगै घट्यो कारोबार रकम, एक कम्पनीको सेयरमा सकारात्मक सर्किट

३० फागुन, काठमाडौँ । फागुन महिनामो अन्तिम कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे ४ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ४ अर्ब २४ करोड ८५ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ८९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बुधबार विन नेपाल लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन अप्पर तामाकोशीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पनि शिवम् सिमेन्ट्सकाे सबैभन्दा बढी काराेबार भएकाे छ ।

प्रकाशित मिति : 15:19