१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

सरकार बनाउने र ढाल्ने काममा मात्र केन्द्रित भयोः अध्यक्ष लिङ्देन

३० फागुन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टीले वर्तमान सरकारलाई विश्वासको मत नदिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उनले सरकार बनाउने र ढाल्ने काममा मात्र केन्द्रित भएको भन्दै सरकारलाई विश्वासको मत नदिने बताएका हुन् ।

“यसअघि छोटो समय सरकारको सहकार्यमा गएका थियौँ तर हामी बाहिरियौँ”, अध्यक्ष लिङ्देनले भने, “हामीलाई सरकार चलाउने अवसर पनि मिलेको छैन ।” उनले वर्तमान सरकारलाई राम्रो काम गर्न शुभकामना पनि दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १४:१३