२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने एमालेको निर्णय


२ फागुन, काठमाडौँ । नेकपा एमालेले प्रधामनन्त्रीको उम्मेदवार अध्यक्ष केपी शर्मा ओलीलाई बनाउने औपचारिक निर्णय गरेको छ । ललितपुरको मानभवनमा बसेको स्थायी समितिको बैठकले ओलीलाई प्रधामनन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको स्थायी समितिका सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।

ओलीलाई प्रधामनन्त्री नियुक्त गर्नको लागि राष्ट्रपतिलाई आग्रह गर्ने एमालेले निर्णय गरेको छ । राष्ट्रपतिलाई आग्रह गर्नुअघि संसदीय दलको बैठक बसेर ओलीलाई नेता बनाइने छ । बैठकमा पार्टी एकताको बिषयमा छलफल समेत भएको र सरकारको आलोपालो नेतृत्व गर्ने बिषयमा समेत सहमति भएको नेम्वाङले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार १७:०४