११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

कृषि विकास बैंकले घटायो ब्याजदर, यस्तो छ नयाँ ब्याज

३० फागुन, काठमाडाैँ। कृषि विकास बैंक लिमिटेडले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेकाे छ । बैंकले चैत १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेकाे नयाँ ब्याजदर अनुसार फागुनकाे तुलनामा ब्याजदरमा कटौती गरेको हो ।

बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ४.५१ प्रतिशत र व्यक्तिगततर्फ ५.६६६१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि फागुनमा संस्थागततर्फ ४.९४३ प्रतिशत र व्यक्तिगततर्फ ६.४४३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

बैंकले चैत महिनाका लागि साधारण बचत खातामा भने स्थिर राख्दै न्यूनतम ३ प्रतिशतदेखि ४.७६ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ५.७६ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १०:४४